महानगरीय अपराध महाशाखाले भारतको विहारबाट नेपालमा आई कवाडी सामान संकलन गर्ने नाममा चोरी गर्ने ‘चल्ला’ समूहलाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले उपत्यकाको विभिन्न स्थानमा दिउँसो मानिस नभएको मौका छोपी चोरी गर्ने दिनेश पोदार, मुकेशकुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार र राजकुमार अधिकारीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उनीहरुले मान्छे नभएको समयमा झ्याल तथा ढोका फोरेर कोठामा भएको नगद, सुन चाँदीका गरगहना, विभिन्न मोबाइल र अन्य इलेक्ट्रोनिक्स सामानसमेत चोरी गरेका थिए । प्रहरीले पक्राउ परेकासँग चार थान मोबाइल, तीन थान घडी र फलामको रड एक थान बरामद गरेको छ ।
महाशाखाले पक्राउ परेकालाई आज कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline