पत्रकार सम्मेलनबाट गिरफ्तार भएका पत्रकार डुम्रे २६ दिनपछि रिहा

पत्रकार सम्मेलनबाट गिरफ्तार भएका पत्रकार डुम्रे २६ दिनपछि रिहा

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

२ पुस,काठमाडौं । पत्रकार प्रकाश डुम्रे २६ दिनपछि रिहा भएका छन् । रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ गत मंसिर ५ गते प्रहरीले बिना कारण गिरफ्तार गरेर हिरासतमा राखेको थियो ।

क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, नेपाल पत्रकार महासंघ र मानवअधिकारकर्मीको पहलपछि पत्रकार डुम्रे आइतबार साँझ रिहा भएका हुन् ।

गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक समेत रहेका डुम्रेलाई अाइतबार साँझ रिहा गरिएको क्रान्तिकारी पत्रकार संगठन नेपालले जानकारी दिएको छ ।

यसअघि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले पत्रकार डुम्रेलाई विना कारण गिरफ्तार गरिएको भन्दै रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई गिरफ्तार गर्नुको कारण माग गरेको थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका पाल्पा ईन्चार्ज सामना, सेक्रेटरी भुवनलाई पनि धरौटीमा रिहा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ