पशुपतिनाथका बाँदरले म्याग्दीका कृषकलाइ दियाे हैरानी !

पशुपतिनाथका बाँदरले म्याग्दीका कृषकलाइ दियाे हैरानी !

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

म्याग्दी, पुस २ । पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रमा बाँदर बिगबिगी बढेपछि कृषकलाई समस्या भएको छ ।

म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौंको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको हो ।

बेनी नगरपालिका वडा नम्बर–९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता अप्रत्यासितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि स्थानीय कृषकले लगाएको अन्नबाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्षेत्रमा दर्शनका लागि पुगेका भक्तजनलाई दुःख दिने गरेको छ ।

पाँच वर्षअघिसम्म नगन्यमात्रमा देखिने बाँदर त्यसपछिका वर्षमा हुलका हुल देखिन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गर्नुका साथै घरभित्र नै पसेर क्षति पुर्‍याउन थालेपछि कृषक समस्यामा परेको प्रकाश शर्माले बताए ।

शर्माले दिएको जानकारीअनुसार केही वर्षअघि काठमाडौंको पशुपति क्षेत्रमा रहेका बाँदरमा प्राणघातक रोग देखापरेपछि ती बाँदरलाई गलेश्वर क्षेत्रमा लगेर छोडिएको भन्ने चर्चा चलेको थियो ।

बाँदरका कारण सल्लेरी तथा त्यस क्षेत्र वरपर बसोबास गर्ने कृषकले लगाएको नगदेवाली, बेमौसमी बालीलगायत फलफूल खेतीमा ठूलो क्षति पुगेको स्थानीय रामदास बैरागीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ