जग्गाको नापी गरी लालपूर्जा दिन आतुर छौं : धामी

जग्गाको नापी गरी लालपूर्जा दिन आतुर छौं : धामी

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

कञ्चनपुर, २ पुस ।  कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नरबहादुर धामीले वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गाको नापी गरी स्थानीय जनतालाई लालपूर्जा दिन आतुर रहेको बताउनुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा विजयपछि मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उहाँले मन्त्रिमण्डल गठनपछि जग्गा समस्या समाधान गर्नका लागि केन्द्रीयस्तरको आयोग गठन गरिने र बसेकै ठाउँमा जग्गा नापी गरी लालपूर्जा उपलब्ध गराइने वचन दिनुभयो ।

दुई वर्षभित्रै राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अद्यावधिक गरेर भूमिसँग सम्बन्धित समस्या समाधान गरिने उहाँले बताउनुभयो । “भूउपयोग नीति, योजना एवं कानूनका आधारमा भूमिको वर्गीकरण तथा उपभोग गरिने छ, भूमि अतिक्रमण गर्न नपाइने व्यवस्था लागू गरिनेछ”, उहाँले भन्नुभयो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य लालबहादुर खड्काले कृषिमा आधारित योजना सञ्चालन गरी बेरोजगारीको समस्या समाधान तथा नदीले गर्दै आएको भूक्षय रोकावट, नदीनालामा पुलपुलेसा, सडक निर्माण र स्तरोन्नति, शैक्षिक क्षेत्रको विकास, खानेपानी र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने बताउनुभयो ।

स्थानीय बासिन्दाले सांसदलाई नदी नियन्त्रणका लागि तटबन्ध, सनबोरा नदीमा पक्की पुल, खानेपानी र सडकको स्तरोन्नतकिा लागि योजना अघि सार्नुपर्ने सुझाव दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ