तराईमा बाक्लो हुस्सु र काठमाडौंमा चिसो बढ्यो, तापक्रम शून्यमा झर्ने संकेत

तराईमा बाक्लो हुस्सु र काठमाडौंमा चिसो बढ्यो, तापक्रम शून्यमा झर्ने संकेत

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं पुस २ । हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।

ती जिल्लामा आज दिनभर नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शीतलहरको औपचारिक घोषणा भने गरेको छैन । बारा, पर्सा, रौतहट, सिरहा, सप्तरीलगायतका जिल्लामा चिसो बढेसँगै त्यहाँको चहलपहल कम भएको छ ।

मानिसहरु चोकचोकमा भेला भएर आगो तापेर बसिरहेका छन् । काठमाडौं उपत्यकामा पनि निकै चिसो बढेको छ । पहाडी जिल्लाहरुमा कठ्याग्रिने जाडो बढेको छ ।

काठमाडौंमा आज न्यूतनम् तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यसअघि हिजो काठमाडौंका न्यूतनम् तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।

राति आकाश सफा हुनाले तापक्रम घटेको र यो क्रम अझै केही दिन जारी रहने र शून्य डिग्रीसम्म झर्ने अनुमान माशाखाले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ