निर्वाचनको सबै परिणाम सार्वजनिक भयो । प्रतिपक्षमा रहेर चुनाव लडेको एमालेले वाम गठबन्धनको फाईदा लिदै सबै भन्दा ठूलो दल बने पछि माओवादीसगँ मिलेर नया सरकार बनाउने कसरत शुरु गरेको छ ।
तर सो गठबन्धनले प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रपति समक्ष पठाएको अध्यादेशको बहाना देखाएर राजीनामा नदिएको आरोप लगाईरहेका छन् ।
काग्रेसका नेताहरुले भने राष्ट्रपति मार्फत निर्वाचन अध्यादेश छिटो पारीत गराउन पहल गर्नु पर्नेमा राष्ट्रपतिलाई अध्यादेश रोकाउन उक्साएको आरोप लगाईरहेका छन् ।
वाम गठबन्धन अध्यादेशका नाममा काग्रेसको विरोधमा र काग्रेस अध्यादेश रोकाउने खेलमा लागेको भन्दै विरोधमा उत्रिएको छ ।
यो लडाईले निर्वाचनमा जनताले व्यवक्त गरेको भावना प्रतिकुल दलहरुको खिचातानी र सत्ता स्वार्थ स्पष्ट देखिन्छ ।
राष्ट्रिय सभाको निर्वाचन, दलीय स्थिति र प्रतिनिधित्वको सवालमा केही कानुन ससोधनका लागि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति कार्यलयमा लगेको छ । तर वाम दलहरुको दवावका कारण अध्यादेश स्वीकृत भएको छैन ।