नेताको समृद्धिको भाषण मात्रै, एक लाख भुकम्प पीडितले अझै एकै किस्ता समेत राहत पाउन सकेका छैनन

नेताको समृद्धिको भाषण मात्रै, एक लाख भुकम्प पीडितले अझै एकै किस्ता समेत राहत पाउन सकेका छैनन

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

दलका नेताहरुले स्थानीय देखिका पटक पटकका चुनावमा र सरकार फेरीदा समृद्धि र विकासको कुुरा गरीरहेका छन् । तर देशमा पीडित जनताको अवस्था यस्तो छ कि ७२ साल बैशाख १२ गते आएको भुकम्पबाट पीडित बनेका एक लाख बढी जनताले अझै सम्म पनि पहिलो किस्ताको राहत पाउन सकेका छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ३ जना कार्यकारी प्रमुख/सिईओ परिवर्तन भईसक्दा समेत १ लाख भन्दा वढी भूकम्प पीडितले अनुदानको पहिलो किस्ता अझै पाउन सकेका छैनन् । स्थानीय तहमा समन्वयको अभाव र वास्तविक भूकम्प पीडित प्राधिकरणको पहुँचमा पुग्न नसक्दा १ लाख १ हजार ५ सय २० जनाले अहिलेसम्म पहिलो किस्ता समेत पाउन नसकेका हुन् । राजनीतिक नियुक्तिको थलो बनेको प्राधिकरणमा कंग्रेसबाट २ जना र एमालेबाट १ जना नेतृत्वमा पुगिसकेका छन् । विनासकारी भूकम्प गएको २ वर्ष ८ महिना पुगिसकेको छ ।

तर भूसालको कार्यकालमा पनि पीडितले अनुदान पाउन सकेका छैनन् ।  घर निर्माणका लागि अनुदान पाउन योग्य ७ लाख ६७ हजार ७ सय ५ जनामध्ये जम्मा १९ हजारले मात्रै अनुदानको तेस्रो किस्ता पाएका छन् । कतिपय भूकम्प पीडितले अनुदानको रकम पाएर पनि घर बनाएका छैनन् । त्यसको समेत प्राधिकरणले अनुगमन गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ