२०२८ सालको झापा आन्दोलनका एक जना हस्ती सिपी मैनाली यस पटक देखि राष्ट्रिय राजनीतिको पर्दामा कमै देखिने छन् । उनी लगतार समानुपातिक सांसद हुदै आएका थिए । उनी कहिले आफै त कहिले श्रीमति निलम केसीलाई मन्त्री बनाउन सफल पनि हुदै आएका थिए ।
तर यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले उनलाई पनि पाखा लगाएको छ । अब उनी सासद त हुने छैनन् नै उनको पार्टी पनि ससदमा हुने छैन । करीब एक लाख पनि मत नकटाएको मालेले ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन ।
वाम गठबन्धनमा जाने भनिए पनि नगएका मैनालीले पार्टीको बैठक बसेर समिक्षा गर्ने जनाएको छ ।
मैनालीको जस्तै अन्य विभिन्न साना दलको पनि यस पटक कन्त विजोग भएको छ ।
राष्ट्रिय जनमोर्चाबाट यस पटक मोहन विक्रम सिंहकी श्रीमति दुर्गा पौड्यालले चुनाव जीते भने समानुपातिकमा थे्रस होल्ड नकटेका कारण यसका अध्यक्ष चित्र बहादुर केसी पनि सदन बाहिरै हुने छन् ।