सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ १ पौष ।
झापाका तीन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

बाह्रदशी गाउँपालिका ३ मा मे ४ प ४३९६ नम्बर मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किंदा १७ वर्षीय सोनु गणेशको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै कमल गाउँपालिका ५ मा को १ ख ३३११ नम्बरको बस र मे ७ प ३८८३ नम्बर मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक स्थानीय दिनेश पोखरेलको मृत्यु भएको छ ।

झापाकै शिवसताक्षी नगरपालिका ८ मा मे ९ प २६२९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते उनको उपचारका क्रममा विर्तामोडस्थित एक अस्पतालमा गएराति मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ