चार अर्बको गोली किन्न दबाब, मन्त्री फेरिंदा अर्थ मन्त्रालयमा रोकियो प्रक्रिया

चार अर्बको गोली किन्न दबाब, मन्त्री फेरिंदा अर्थ मन्त्रालयमा रोकियो प्रक्रिया

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, पुस १ । नेपाल प्रहरीसँग गोली छैनभन्दै ४ अर्वको गोलीगटठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्तालयमा दबाब बढाएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिंदा खरिद प्रक्रिया रोकिएको हो ।

गृहमा जनार्दन शर्मा मन्त्री हुँदा नै अर्थमा साढे २ अर्ब रुपैंयाँबराबरको गोली र डेढ अर्व रुपैंयाँ बराबरको अन्य सामाग्री खरिद प्रस्ताव पुगेको थियो ।

गोली नेपाली सेनाबाट किन्ने कि अन्य देशबाट भन्ने विषयमा सहमति हुन नसक्दा रोकिएको खरिद फाइल अगाडि बढाउन अहिले दैनिक दबाब आउने गरेको जानकार एक अधिकारीले बताए ।

स्रोतका अनुसार माओवादी नेता शर्माले गृहमन्त्री छँदा सुरक्षाम निकायलाई आधुनिकीकरण गर्ने भन्दै हतियारसँगै हेलिकप्टर पनि खरिद गर्ने प्रस्ताव अगाडि बढाएका थिए ।

अर्थका अधिकारीले हेलिकप्टर खरिद प्रस्ताव स्वीकार नगर्दा सो प्रयास पुरा हुन पाएन । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ