‘सामुदायिक स्वास्थ्य सेवा परिषद्’ लाई हिमालयन बैंकको सहयोग

‘सामुदायिक स्वास्थ्य सेवा परिषद्’ लाई हिमालयन बैंकको सहयोग

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौँ  । हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिक उत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं १५ डल्लुस्थित ‘सामुदायिक स्वास्थ्य सेवा परिषद्’ लाई सहयोग प्रदान गरेको छ ।

बैंकले सहयोगस्वरुप उक्त स्वास्थ्य सेवा परिषद्लाई आठ हजार थान वहिरंग विभागका लागि ओपिडि टिकट बुक छपाइ गरी प्रदान गरेको हो ।

विसं २०५५ मा स्थापित उक्त स्वास्थ्य सेवा परिषद् सो क्षेत्रकै प्रतिष्ठित सामुदायिक अस्पताल हो । अस्पतालले विशेषतः आँखा, बाल स्वास्थ्य, हाड जोर्नी तथा नशा, नाक, कान तथा घाँटी, प्रसूति तथा स्त्रीरोग, दन्त, छाला तथा यौन रोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । विभिन्न सरकारी, गैरसरकारीदाता तथा स्थानीय बासिन्दाको सहयोगमा सञ्चालित यस सामुदायिक अस्पातलमा अन्य विभिन्न स्वास्थ्यसम्बन्धी सेवा सञ्चालन गरिरहेको छ ।

बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्री परिषद्का अध्यक्ष हरि गोपाल श्रेष्ठलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ