रतुवा पुलमा शुक्रवार साझ बसको ठक्करबाट दुईको मृत्यु

रतुवा पुलमा शुक्रवार साझ बसको ठक्करबाट दुईको मृत्यु

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

 

झापा, २९ मंसिर ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमक र कमल गाउँपालिका जोड्ने रतुवा पुलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका– १ निवासी २९ वर्षीय दिनेश पोखरेल रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३३११ नंको बसले विपरीत दिशातर्फ आउँदै गरेको मे७प ३८४२ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो ।

बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष दाहालसमेत घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका– ८ निवासी ७२ वर्षीय कुलकुमार श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे९प २६२९ नंको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ