निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सह्य हुँदैन :ओली

निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सह्य हुँदैन :ओली

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भक्तपुर, २९ मंसिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब आउने सरकारले विकासनिर्माणको गुणस्तरीयतामा कोही कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ ।

बालकोटस्थित आफ्नै निवासमा आज बधाइ ज्ञापन गर्न आएको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उहाँले विकासनिर्माण पारदर्शी र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सह्य हुँदैन भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले राजनीतिक संरचना तयार गरे पनि भौतिक संरचना तयार गर्न सकेका छैनौँ, प्रदेशसभाहरु चुनिए तर प्रदेशसभाको बैठक बस्ने भवन, मुख्यमन्त्री बस्ने भवन छैनन्, त्यसकारण राजनीतिक संरचनालाई काम गर्न सक्ने बनाउन भौतिक संरचनाको निर्माण दुु्रत गतिमा गर्नु जरुरी छ ।”

नेपाल अहिले पुनःनिर्माणको चरणमा भएकाले पनि अबका केही दशक निर्माण क्षेत्रले देशलाई ठूलो योगदान गर्न सक्ने ओलीको भनाइ छ । “भूकम्पले भत्केका, घर र सार्वजनिक भवनहरु प्ुाननिर्माण भएका छैनन्”, ओलीले भन्नुभयो, “यी सबै क्षेत्रको पुनःनिर्माणका लागि व्यावसायिक क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।”
सबै वर्ग र समुदाय समान

पूर्वप्रधानमन्त्री ओलीले नेपालमा अब कुनै पनि जाति वा समुदायले आफू विभेदमा परेको महसुस गर्नु नपर्ने बताउनुभएको छ । आफूलाई बधाइ दिन आज आफ्नै निवास बालकोट आएको नेपाल जामे मस्जिद व्यवस्थापन समितिको टोलीलाई सम्बोधन गर्दै ओलीले विगतमा मुसलमानलाई पनि मधेसीमा समूहमा राखेर त्यसको लाभ अरुले नै उठाउँदै आएको बताउनुभयो । “हामीले मुस्लिमलाई अलग पहिचान दिनुपर्छ भनेर छुट्टै समूहमा राखेपछि मुस्लिमले राज्यबाट प्रत्यक्ष लाभ लिन पाएका छन् ।”

नेपालीमा आपसी विश्वास र सद्भाव भएकै कारण जाति, धर्म र समुदायका बीचमा मिलेमतो भएको ओलीको भनाइ थियो । आगामी सरकारले सबै वर्ग र समुदायलाई समान व्यवहार गरेर राज्यको मूल प्रवाहमा समाहित गर्न सहयोग गर्ने ओलीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ