प्रदेश नं एक मा एमालेले एकल बुहमत प्राप्त गरेको छ । त्यो आधारमा सो प्रदेशमा एमालेले आफ्नो पार्टीको मुख्य मन्त्री बनाउने निश्चित छ । तर अब मुख्य दावी दुई नेताको देखिएको छ । दुवैले मै हुनु पर्छ भन्दै पार्टी भित्र लविगं गरीरहेका छन् भने सार्वजनिक रुपमा पनि म मन्त्री हो भनेर बोल्न शुरु गरेका छन् । प्रदेश एउटै भएकाले मुख्य मन्त्रीको कुर्सीमा यीनै दुई मध्य एक जना हुने पक्का छ ।
तर को बन्ला ? नेताले कसलाई अगाडी सार्ला अब यो प्रतिक्षाको विषय बनेको छ । एमाले पार्टीको राजनीतिक हैसियत र उमेर आदि दृष्टिले भीम आचार्य सुनसरी एक ख बाट निर्वाचीत भीम आचार्य पनि मुख्य मन्त्रीको आकाक्षी छन् । उनी मन्त्री भईसकेका एमाले सचिवको रुपमा काम गरीरहेका ईमान्दार नेताकै रुपमा चिनिन्छन् ।
तर पूर्वको जातिय मनोविज्ञान, युवा नेता र पार्टी अध्यक्ष केपी ओलीसगँ नजिकको सम्बन्ध भएका कारण शेरधनले बाजी मार्ने हो कि भन्ने अनुमान अर्कोतिर शुरु भएको छ । आचार्य एमाले पूर्व अध्यक्ष झलनाथ खनाल नजिक र केही सम्बन्ध भएको व्यक्तिका रुपमा चिनिदै आएका छन् । तर खनालले जोडदार माग गरेर आचार्यलाई बार्गेनिगंको रुपमा अघि सार्ने संभावना कम रहेको बताईन्छ ।
उता शेरधन राई भने अशोक राईहरु पार्टी छाडेर हिडे पछि ओलीको नजिक भएकाले र पार्टीमा ओलीको बोली कसैले काट्न नसक्ने भएकाले उनले प्रदेशको कुर्सी हात पार्न सक्ने अनुमान गरिएको छ ।