अपडेट : लहानको अति ब्यस्त चोकमा विस्फोट हुँदा एक घाइते

अपडेट : लहानको अति ब्यस्त चोकमा विस्फोट हुँदा एक घाइते

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 

लहान, २८ मंसिर । 

लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम विस्फोट भएको हो ।

बिस्फोटमा परी सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिनुभयो ।

हात र पिठ्यूँमा गम्भीर चोट लागेको चौधरीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) को पम्प्लेट फेला परेको प्रहरी निरीक्षक राउतले बताउनुभयो । बम विस्फोटका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरी कार्यालय डेढ सय मिटर पूर्व दक्षिणामा रहेको छ ।

घटनास्थलमा फेला परेको पर्चामा ‘मातृभूमि तराई माथिको नेपाली औपनिवेसिक शासनलाई अन्त गरेर मुक्त, स्वतन्त्र तराईका लागि सम्पूर्ण तराईका मूल निवासीहरु एकजुट हौं’ भन्ने आव्हान गरिएको छ ।

यस्तै पर्चामा नेपाली शासक तराई छाड्नुपर्ने, तराईका सेना, प्रहरी, प्रशासक तराईकै मूल निवासी हुनुपर्ने, तराईबाट उठेको राजश्व तराईका विकासमा खर्च हुने लगायत नारा लेखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ