चिठ्ठा र्पयो भन्दै ठगी गर्ने ६ जना जेल चलान , चार जनाबिरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता हुने

चिठ्ठा र्पयो भन्दै ठगी गर्ने ६ जना जेल चलान , चार जनाबिरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता हुने

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

वीराटनगर , २८ मंसिर ।

जिल्ला अदालत मोरङको आदेशपछि भाइबरमार्फत चिठ्ठा परेको भनि झुक्याएर रकम ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई जिल्ला कारागार चलान गरिएको छ ।

पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएपछि ठगी कार्यमा संलग्न अनुपचन्द सेठिया, ललित सेठियाँ, पंकजकुमार कर्ण, बलराम विश्वास, श्रवणकुमार शाह र शनिदेवल विश्वासलाई कारागार चलान गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले बताउनु भयो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका मध्ये ४ जनालाई सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विसीका अनु्सार ठगी कार्यमा बरामद गरिएको पैसाको स्रोत नखुलेपछि विराटनगरस्थित सेठिया मार्केटका सञ्चालक अनुपचन्द सेठिया, उनका भतिजा ललित सेठिया, विराटनगर–१३ का बिमल चिरानिया र भारतका पंकज कर्णलाई सम्पति शुद्धीकरणको मुद्दा दर्ता गरिने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ