राष्ट्रपतिलाई फेसबुकमा गालीगलौज गर्ने पक्राउ, पाँच बर्षसम्मको कैद हुन सक्ने

राष्ट्रपतिलाई फेसबुकमा गालीगलौज गर्ने पक्राउ, पाँच बर्षसम्मको कैद हुन सक्ने

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

२८ मंसिर, काठमाडौं ।
फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको कालिमाटीमा बस्दै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आज पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्ष जीवन श्रेष्ठले बताउनु भएको छ ।
सामाजिक सञ्जालमा गालीगलौजमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ