सिरहा ,मंसिर २८ ।
लहानको मुख्य चोकमा आज मध्यान्हमा बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अज्ञात एक व्यतिmले साइकलमाथि झोलामा राखेको अवस्थामा मध्यान्ह पौने एकबजे प्रेसर कुकर बम विस्फोट भएको हो ।
प्रहरी निरीक्षक युगेश्वर राउतका अनुसार साइकलको पछाडिपट्टिको क्यारियरमा बाँधिएको झोलाबाट बम विष्फोट भएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।
अति व्यस्त रहने मुख्य चोकमा २४ सैं घण्टा सशस्त्र र नेपाल प्रहरी डयुटिमा खटिन्छन् । घटनास्थलबाट प्रहरी कार्यालय डेढ सय मिटर पूर्व दक्षिणामा पर्छ ।
घटनास्थलमा जयकृष्ण गोइतद्वारा हस्ताक्षरित जनतान्त्रिक तराई मुक्ति मोचा क्रान्तिकारीको पर्चा फेला परेको छ ।
पर्चामा ‘मातृभूमि तराई माथिको नेपाली औपनिवेसिक शासनलाई अन्त गरेर मुक्त, स्वतन्त्र तराईका लागि सम्पूर्ण तराईका मूल निवासीहरु एकजुट हौं’ भन्ने आव्हान गरिएको छ ।
यस्तै पर्चामा नेपाली शासक तराई छाड्नुपर्ने, तराईका सेना, प्रहरी, प्रशासक तराईकै मूल निवासी हुनुपर्ने, तराईबाट उठेको राजश्व तराईका विकासमा खर्च हुने लगायत नारा लेखिएको छ ।