पत्रकार डुम्रेमाथि लगाइएको झुट्टा मुद्दा खारेज गर्न माग , कडा आन्दोलनमा उत्रने पत्रकार महासंघको चेतावनी

पत्रकार डुम्रेमाथि लगाइएको झुट्टा मुद्दा खारेज गर्न माग , कडा आन्दोलनमा उत्रने पत्रकार महासंघको चेतावनी

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ ,२८मंसीर ।
नेपाल पत्रकार महासंघले रुपन्देही शाखाका कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई झुट्टा मुद्दामा फसाइएकोमा गम्भीर आपत्ति जनाएको छ ।

महासंघका महासचिव रमेश बिष्टले आज विज्ञप्तिमार्फत सरकारले सर्वाेच्च अदालतको आदेशको समेत अबहेलना गरेर प्रेस स्वतन्त्रताको गम्भीर उल्लघंन गरेको बताउनु भएको छ ।

प्रधान न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ पेश गर्न भनेपनि जवाफ नपठाई उल्टै झुट्टा मुद्दा लगाउनु सरकारको ठुलो गल्ती भन्दै महासंघले तत्काल खारेज गर्न माग गरेको छ ।

महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले गत मंसीर १९ गते दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटउपर प्रधान न्यायाधीशको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको थियो । डुम्रेको रिहाइका लागि अन्तर्रा्ष्ट्रिय पत्रकार संस्था आएफजेले पनि माग गरेको थियो ।

त्यसअघि महासंघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी तत्काल रिहाईका लागि दवाव पनि दिएको थियो । स्वयं अध्यक्ष गोविन्द आचार्यले रुपेन्देहीका सिडियोलाई भेटेर अबिलम्ब रिहाईका लागि आग्रह पनि गर्नुभएको थियो ।

यसरी कानुनी निकायदेखि सरोकारवाला सबैलाई महासंघले केन्द्रीय स्तरबाट पहल गर्दा पनि सुनुवाई नहुनुले सरकार प्रेसप्रति अनुदार हुँदै गएकोमा सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।

यसैबीच पत्रकार डुम्रेको बिनाशर्त तत्काल रिहाईका लागि जिल्ला प्रशासन कार्यालयमा महासंघ जिल्ला शाखाले आजै धर्दा दिएको छ ।

धर्ना दिदै जिल्लाअध्यक्ष यानेन्द जिसीले तत्काल रिहा नगरे महासंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ