वाम गठबन्धन सुत्रधार मध्य महत्वपूर्ण व्यक्ति मानिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय एकाएक एमाले अध्यक्ष ओलीका अभिव्यक्ति र एमाले नेताहरुले सरकार र पार्टी एकता र नेतृत्वबारे दिएका अभिव्यक्ति पछि आशका र टिप्पणीहरु शुरु गरे पछि कार्यकर्ताहरुलाई त्यसो नगर्न सामाजिक सञ्जालबाट आग्रह गरेका छन् ।
उनले दुवै पार्टी कार्यकर्ताहरुलाई धैर्यता कायम राख्न र पार्टी एकता वा गठबन्धनको भविष्यसगँ जोडिने गरी कुनै आरोप प्रत्यारोप नगर्न अपील गरेका छन् ।
चुनाव लगत्तै पार्टी एकता गर्ने या सरकार पछि र एकता पछि पार्टीको कार्यकारी नेतृत्व कसले लिने भन्ने जस्ता विषयमा सहमति हुन नसक्दा एकताबारे टुगो लाग्न नसकेका बेला एकाएक नेता कार्यकर्ताहरुबीच सामाजिक सञ्जालमा जुहारी मात्र चलेको छैन ।
शीर्ष नेताकै अभिव्यक्ति भिन्न ढंगले आउन शुरु भए पछि श्रेष्ठको यो अपील पोष्ट भएको हो ।
