गत भूकम्प पछिको आर्थिक नाकाबन्दी र मधेश आन्दोलनको ठूलो प्रभावमा परेको प्रदेश नं दुईमा हाल केन्द्रीय सरकार र बाकीँ प्रादेशीक सरकार बनाउने हैसियतमा पुगेको एमाले माओवादी केन्द्रको उपस्थिति खुम्चिएको छ ।
अन्यत्र खास गरी प्रत्यक्षमा दुई तिहाई ल्याए पनि उनीहरु ८ वटा जिल्लाको ३२ सिटमा केबल ७ सिटमा जित्न सफल रहे त्यसमा पनि ५ वटा माओवादी र २ वटामा मात्र एमाले ।
यस्तो अवस्थामा अब दुई नं प्रदेशको सरकार उपेन्द्र यादव नेतृत्वको फोरम समाजवादी र महत्त ठाकुरको राजपाबीचको गठबन्धन या तालमेल या एकताका आधारमा हुने निश्चित प्राय छ ।
यसरी हेर्दा यस प्रदेशको मामला संवेदनशील बन्ने देखिएको छ ।
पहिला सिमाकन सहितको जुन मुद्धा उठाएर उनीहरुले आन्दोलन गरेका थिए , अहिले पनि ती मुद्धाहरु सवोधनको कुरा निर्वाचीत भए लगत्तै ती दलका नेताहरुले उठाउन थालेका छन् ।
फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्धा सवोधन भए मात्रै शान्ति हुन्छ भन्ने सन्देश सार्वजनिक रुपमा दिईसकेका छन् ।
यसर्थ त्यस आन्दोलनका बेला कठोर रुपमा प्रस्तुत भएका एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने निश्चित छ । अब कसरी ती मुद्धाहरुबारे सहमति र सविधान शसोधन हुन्छ ? यसमा काग्रेसको भूमिका के हुन्छ ? यी विषयहरु निकै जटिल छन् तर यसको व्यवस्थापन सही किसिमले हुन सक्यो भने सकारात्मक प्रभाव पर्ने पनि छ ।