समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २८ मंसिर ।  पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । 

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट बिहान ६ बजे प्राप्त जानकारीअनुसार नेकपा (एमाले)ले २५ लाख ५५ हजार ५४५ मत, नेपाली काँग्रेसले २४ लाख ५८ हजार ७१४, नेकपा (माओवादी केन्द्र) ले १० लाख चार हजार ८२८, संघीय समाजवादी फोरम नेपालले तीन लाख ४४ हजार २५९ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ८४ हजार १३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६७ हजार ५२५ र विवेकशील साझा पार्टीले एक लाख ६७ हजार १३२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ