निर्वाचनबाट सबै भन्दा ठूलो दल बनेको नेकपा एमाले र माओवादी केन्द्रले आज प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा सहमति गर्ने संभावना रहेको छ ।
हिजो एमाले अध्यक्ष ओलीले प्रचण्डसगँ छलफल गर्न प्रस्ताव गरे पनि प्रचण्डले आफू मतदाता भेटघाटमा व्यस्त रहेका कारण बिहिबार मात्रै काठमाण्डौं आउने भएकाले आज छलफल हुने अन्नपुर्ण पोष्टले खबर लेखेको छ ।
आज अपरान्ह हुने भेटमा प्रचण्ड र ओलीबीच सरकार गठन र पार्टी एकताको बारेमा पनि छलफल हुने जनाईएको छ ।
पछिल्लो समय चुनावी परिणाम आए पछि विभिन्न फरक फरक अभिव्यक्तिका कारण दुवै दलका कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत घोचपेच र आलोचना शुरु गरे पछि दुवै नेताहरुबीच भेट हुन लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline