आखिर काग्रेसको पराजयबारे देउवा किन बोलिरहेका छैनन ?

आखिर काग्रेसको पराजयबारे देउवा किन बोलिरहेका छैनन ?

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेपाली काग्रेस ईतिहासमै सबै भन्दा कमजोर शक्तिको रुपमा पहिलो पटक राजनीतिमा उभिएको छ । समानुपातिक मत परिणामले उसलाई सदनको दोस्रो शक्ति बनाउने संभावना बढे पनि ठूलो मात्रामा प्रत्यक्ष सिट तर्फको पराजयले काग्रेसलाई पाच वर्ष प्रतिपक्षको सिटमा निदाउन बाध्य बनाउने देखिएको छ । साथै ६ वटा प्रदेश सरकारमा पनि उ प्रतिपक्षकै हैसियतमा हुने छ ।
यस पराजयबारे पत्रिकाहरुले सम्पादकीय लेखेका छन्, बुद्धीजीवीहरुले टिप्पणी गरेका छन् , अन्य नेताहरु बोलिरहेका छन् तर स्वय पार्टी सभापतिले सार्वजनिक रुपमा केही बोलेको देखिएको छैन ।
चुनाव अघि उनले काग्रेसले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने बताएका थिए तर त्यस्तो भएन । उनले ज्योतिषले पनि सात पटक प्रधानमन्त्री हुन्छस भनेको भन्दै समेत बोल्न भ्याएका थिए । तर अहिले यो पराजय आफ्नो नेतृत्वमा काग्रेस भएको बेला मात्र भएन सरकारको नेतृत्व गरेर चुनाव गराउदा समेत पराजय व्यहोर्नु परेकाले नैतिकताको हिशाबले अब पार्टी सभापतिबाट राजीनामा दिनु पर्ने दवाव बढ्न थालेको छ ।
६४ सालमा पार्टी तेस्रो भए पछि एमालेका तात्कालीन महासचिव माधव कुमार नेपालले महहासचिवबाट राजीनामा दिएका थिए ।
तर देउवाले अबको दिनमा के गर्ने हुन त ? त्यो केही संकेत देखिन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ