बसले किच्दा नाबालकको मृत्यु

बसले किच्दा नाबालकको मृत्यु

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

 

पाल्पा, २७ मंसिर ।  पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् ।

सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र उनलाई हेर्ने ५÷६ बर्षका दाई साथीसंग खेल्न गएकाले घटना हुनपुगेको प्रहरीले बताएको छ । बस केही हिँडिसकेपछि मात्र उनकी हजुरआमाले नाति दुर्घटनामा परेको थाहा पाएकी थिइन् ।

खुमडाँडादेखि ताहुँतर्फ आउँदै गरेको लु २ ख २८० नंको बसले किच्दा बालकको मंगलबार मृत्यु हुन पुगेको हो । बस चालक सागर दर्जी प्रहरी नियन्त्रणमा रहेका छन् ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी