मत परिणाम सार्वजनिक हुनँ बाकी रहेको सुनसरी क्षेत्र नं ३ मा काग्रेस र वाम गठबन्धनको प्रतिष्ठाकै लडाईको विषय बनेको छ ।
शुरु देखि नै पछि पर्दै आएका काग्रेसका बिजय गच्छेदार एकाएक अन्तर घटाउदै बिहान सम्म अगाडी आए पछि काग्रेसीजनमा केही आशा पलाएको छ भने वामपन्थीले फेरी पनि गच्छेदारलाई हराउन नसकिने हो कि क्या हो भनेर निराश हुन थालेका छन् ।
अहिले बिहान ६ बजेको परिणाम अनुसार गच्छेदार ३६ हजार ८० मतले अगाडी आउनु भएको छ । विहान देखि पछि परेकी भगवती चौधरीको ३५ हजार ५ सय ६१ मत रहेको छ ।
८५ हजार एक सय मत खसेकोमा अब करीब ६ हजार मत गन्न बाकीँ रहेको छ । यदी यो सिट जितेमा गच्छेदारको दोहोरो ह्याट्रीक हुने छ भने भगवतीको तेस्रो हार हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline