नेपालमा यस पटक अनौठो भएको छ । कैलाली क्षेत्र नं २ बाट उम्मेद्धार उठेर बिजयी भएका रेशम चौधरी गत वर्ष प्रहरी अधिकारी लक्ष्मण न्यौपाने सहित मारिएको घटनाका दोषीका रुपमा प्रहरीको मोष्ट वान्टेड सुचीमा छन् ।
उनले एमालेलाई हराउदै चुनाव जीते तर टिकापुर घटनाका कारण उनी लुकिछिपी बस्दै आएका छन् । आज बिजयको प्रमाण पत्र लिन उनी आउन सकेनन् किन भने प्रहरीले समात्छ कि भन्ने डर थियो । ३४ हजार मत ल्याएर जितेका उम्मेद्धारलाई सिंहदरबार पुग्ने बाटो के हो ? यस विषयमा सरकारले कुनै निर्णय गर्छ कि गर्दैन । प्रहरी स्रोत भन्छ कानुनतः अभियुक्त ठानी खोजी सुचीमा रहेका कारण चौधरी पक्राउ पर्न सक्छन् ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघले उनलाई प्रमाण पत्र नदिनु आयोगको विभेदकारी काम भनेको छ । अब रेशम चौधरी हिरासत जान्छन् कि सिंहदरबार जनता अन्यौलमा परेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline