छैटौ पटक चुनावी मैदानमा रहेका काग्रेस नेता विजय कुमार गच्छेदार र एमाले नेतृ भगवती चौधरीको ढुकढुकीको धड्कन बढीरहेको छ यति बेला सुनसरी ३ मा । गच्छेदार फराकिलो अन्तरलाई साघुरो पार्दै आईरहेका छन् भने भगवतीको सानो पैमानको अग्रता कायम छ । आखिर राजनीति हो एक भोटले पनि जीत हार हुन सक्छ ।
पछिल्लो अहिले साझ सम्मको परिणाम अनुसार गच्छेदार भगवती भन्दा केबल ४४ मतले पछि परेका छन् । अहिले ताजा परिणाम अनुसार भगवतीको ३२ हजार ५ सय ७० पुगेको छ भने गच्छेदारको ३२ हजार ५ सय २६ मत रहेको छ । अब थोरै मात्रै मत गणना बाकीँ रहेको छ । यस्तोमा सुनसरीको चुनावी परिणामले त्याहाँ निकै ठूलो माहौल तताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline