२६ मंसिर,काठमाडौं । चुनावको परिणामले नेपाली काँग्रेस नेतामात्र होइन होइन, समर्थक र शुभचिन्तकहरुलाई पनि चिन्तित बनाएको छ । उनीहरुले पार्टी नेताहरुको तीब्र अालोचना गरेका छन् । पार्टी सभापतिदेखि जिम्मेवार नेताहरुकै कारण काँग्रेसको सर्वनाक हार भएको उनीहरुको ठहर छ ।
यसैबीच नेपाली काँग्रेस निटक पत्रकार हरिहरसिंह राठौरले नेपाली काँग्रेसका नेताहरुको कडा अालोचना गरेका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुलाई चिन्न सक्नु र अाफ्नो चुनावीशैलीमा कम्भिर कमजोरी गरेको बताएका छन् । राठौरले काँग्रेसका पीएचडी गरेका नेताहरुलाई संकेत गर्दै काँग्रेसका स्वनामधारी डाक्टरहरुलाई अाची खान भनेका छन् । उनले नक्कली परीक्षार्थी राखेर पीएचडी गरेको अारोप समेत लगाएका छन् ।
पत्रकार राठौरले वामपन्थीहरुको गुदी थाहा पाउन नसकेको बताउँदै राम्रो कुरा विपक्षीहरुबाटै सिक्नु पर्ने तर्क गरेका छन ।
”आज सम्म संगत गरेर, निर्वाचन लडेर, सरकारमा सँगै बसेर पनि वामपन्थीहरुको गुदी थाहा पाउन नसक्ने नेपाली काँग्रेसका स्वनामधारी डाक्टरहरुले आची खाए हुन्छ । राम्रा कुरा विपक्षीहरुवाटै सिक्नुपर्छ । जन्मदै कसैले सिकेर आएको हुँदैन” पत्रकार राठौर सामाजिक संजालले लेखेका छन् ।
पुरानो पार्टी भनेर नयाँ पुस्ताले भोट दिनलाई कार्यकर्ता पाल्ने बजेट दिनेदेखि चुनावी नारा र अाश्वान दिन काँग्रेस नेताहरुले सिक्नु पर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरराजनैतिक व्यक्ति नवराज सिलवालाई गृहमन्त्री बनाइदिन्छु भनेको तर काँग्रेसले प्रतिस्पर्धी उदय शमशेरबारे केही नबोलेको बताए ।
”केपी ओलीले गैरराजनैतिक व्यक्तित्व नवराज सिलवाललाई म जिताएर गृहमन्त्री वनाई दिन्छुसम्म भने, मतदाताले पनि हो कि त भनेर जिताए ! उदयशमसेरलाई जिताए पार्टीले के बनाउथ्यो ? रामचन्द्रलाई जिताएर पठाउनुस भावी प्रधानमन्त्री मात्रै घोषणा गरेको भए अवश्य जित्ने थिए, आजसममको लोकतन्त्रप्रति गरेको त्याग र तपस्या सिद्धियो, पार्टीकै भविस्य के हुने भन्ने थाहा छैन तर राजेन्द्र लिंगदेनलाई जिताउने जनताले कृष्ण सिटौलालाई पनि जिताउथे, तर के हुने ? अन्यौल थियो, पार्टीकै अस्तित्व अत्तोपत्तो नभएको ठेकेदार विक्रम पाण्डेलाई मत दिएर जिताउँछन् कि सत्ता र राजनीतिमा हाक्ने भविश्य भएका प्रचण्डलाई भोट दिन्छन् ?” राठौरले भनेका छन् ।
एक प्रतिष्ठित पत्रिकामा काम गर्ने पत्रकार राठौरले पार्टी सभापति शेरबहादुर देउवाले ज्योतिषीले भनेको भरमा अाफू ७ पटक प्रधानमन्त्री हुन्छ भन्दै हिडेको भन्दै अालोचना गर्दै भने, ”अझै ज्योतिषले मलाई ७ पटक प्रधानमन्त्री हुन्छस् भनेका भरमा पार्टीको कदर गर्छन् ? त्यसै डुब्छ पार्टी ? फेरिपनि भन्छु पार्टीका तथानाम डाक्टरहरुले आची खाए हुन्छ,चीट चोरेर हो की नक्कलीपरिक्षार्थी राखेर डाक्टर भएका हुस्सुहरु !”