समानुपातिक मतका कारण काग्रेस दोस्रो दल हुने संभावना बढ्यो

समानुपातिक मतका कारण काग्रेस दोस्रो दल हुने संभावना बढ्यो

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

प्रत्यक्ष तर्फ माओवादी केन्द्र भन्दा सानो आकारमा खुम्चिए पनि समानुपातिक मतमा काग्रेसले एमालेको पछि पछि मत प्राप्त गरीरहेकाले यसै आधारमा काग्रेस ससदमा दोस्रो हैसियतमा रहने आशा पलाएको छ ।
जुन हिशाबले प्रत्यक्षमा माओवादीले जित्यो त्यो अनुपातमा निकै कम मत समानुपातिकमा आएको छ । काग्रेस भन्दा माओवादी दोव्वर भन्दा अझ बढी मतले पछि छ ।
अहिले काग्रेसले ३४ प्रतिशत मत समानुपातिकमा पाईसकेको छ भने माओवादीको केबल १४ प्रतिशत छ । एमालेको ३६ प्रतिशत छ ।
कुल १ सय १० सिट समानुपातिक सासद चुनिनु पर्ने छ । खसेको मत एक करोड ५ लाख हाराहारीमा रहेकाले र थ्रेस होल्ड नकटेकाले सासद नपाउने भएका कारण सबै जोड्दा ९० हजार हाराहारी बराबर एक सासद हुने छ । त्यसरी हेर्दा काग्रेसले माओवादीको भन्दा दोव्वर सिट प्राप्त गर्ने छ । प्रत्यक्षमा माओवादी भन्दा काग्रेस १४ सिटले पछि छ । अब केहीमा परिणाम आउदा उसले जीत हात पारे अन्तर कम हुने छ र समानुपातिकबाट कभर हुन सके दोस्रो दल बन्ने संभावना रहन्छ । करीब आधा मत समानुपातिकमा गणना भईसक्दा एमालेको १५ लाख बढी, काग्रेसको १४ लाख बढी र माओवादीको ६ लाख बढी आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ