के एमालेले काग्रेसले गरी खाएको देख्न नसक्ने हो ?

के एमालेले काग्रेसले गरी खाएको देख्न नसक्ने हो ?

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

सरकारले चरणवद्ध रुपमा गर्दै गएका निर्णयहरुमा चुनावबाट ठूलो पार्टी बनेको एमालेले सार्वजनिक विरोध जनाइरहेको छ ।
विभिन्न नियुक्तिदेखि अब हुन लागेको प्रदेश प्रमुखको नियुक्ति नगर्न एमालेले काग्रेस सरकारलाई चेतावनी दिएको छ ।
तर काग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा प्रदेश प्रमुख सहित केही महत्वपूर्ण निर्णयहरु गरेर सरकार छाड्ने मनस्थितिमा पुग्नु भएको छ ।

अब परिस्थितिमा कुनै फेर बदल नआए काग्रेसका लागि ५ वर्ष सत्ता र सबै जसो नियुक्तिहरु भन्दा बाहिरै बस्नु पर्ने हुन्छ । त्यसैले प्रदेश प्रमुख सहित केही दीर्घकालीन महत्व राख्ने निर्णय गरेर बाहिरीने दिशामा काग्रेस लागे पनि एमालेले त्यसमा विरोध जनाईरहेको छ ।
एमाले अब आफ्नो सरकारले सबै निर्णय गर्दै आफ्नो शक्ति र सत्तालाई सुदृढ गर्न चाहन्छ । एमालेले सरकार एक्लैले प्रदेश प्रमुख नियुक्त गरे आफ्नो सरकारले हटाउने भन्दै चेतावनी प्रधानमन्त्री देउवा समक्ष पुर्याईरहेको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ