६ वटा पार्टी मात्रै राष्ट्रिय पार्टी बन्ने संभावना

६ वटा पार्टी मात्रै राष्ट्रिय पार्टी बन्ने संभावना

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, मंसिर २५ । यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ ।

च्याउसरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् ।

यसरी राष्ट्रिय दलको मान्यता पाउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी हुने भएका हुन् ।

राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्ने भएकाले यी ६ दलले मात्र कानुनी प्रावधान पूरा गर्ने देखिएको छ ।

दुई राप्रपामध्ये हलो चुनाव चिह्न रहेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षमा एउटा पनि सिट जित्न नसकेकाले समानुपातिकमा तीन प्रतिशत मत ल्याएपनि राष्ट्रिय पार्टी बन्ने सम्भावना सकिएको छ ।

गाई चुनाव चिह्न रहेको राप्रपाले भने प्रत्यक्षमा एक सिट पनि जितेको र समानुपातिकमा पनि तीन प्रतिशत कटाउनसक्ने भएकाले यो दल राष्ट्रिय दल बन्ने सम्भावना रहेको छ ।

लामो समयदेखि राजनीति गरिरहेका पुराना पार्टी मानिने नेमकिपा, राष्ट्रिय जनमोर्चा एवं पोहोरमात्र गठित नयाँ शक्ति पार्टीले प्रत्यक्षमा एक/एक सिट जितेको भएपनि तीन प्रतिशत मत कटाउने सम्भावना कम देखिएको छ । त्यसैले ती दलले प्रत्यक्षमा जितेर पनि राष्ट्रिय दल बन्ने सम्भावना कम रहेको छ ।

सँगसँगै यस निर्वाचनले ठूला दलहरुको हैसियतमा पनि फेरबदल गरिदिएको छ ।

प्रजातान्त्रिक आन्दोलनको पर्याय बनेको र पटक–पटक पहिलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस इतिहासमै कमजोर देखिँदै तेस्रो दलको हैसियतमा खुम्चिने सम्भावनामा पुगेको छ ।

सम्पूर्ण परिणाममा उसको दोस्रो वा तेस्रो के हैसियत हुने भन्नेचाहिँ समानुपातिकको परिणामले निर्क्योल गर्नेछ ।

अबको संसदमा हालको दोस्रो दल नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दल हुनेछ । इतिहासमै एमाले पहिलोपटक यो हैसियतमा देखिन लागेको हो ।

प्रत्यक्षमा दोस्रो स्थान पाएको नेकपा माओवादी केन्द्र भने दोस्रोमै टिक्नेछ वा तेस्रोमा पुग्नेछ भन्नेचाहिँ समानुपातिकमा उसले पाउने मतले निर्धारण गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ