२५ मंसिर,काठमाडौँ । सप्तरीका प्रतिनिधिसभा तर्फका ४ र प्रदेशसभाका ८ गरी सबै १२ वटा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सप्तरीको ४ प्रतिनिधिसभा क्षेत्रमध्ये ३ वटामा मधेसी गठबन्धन विजय भएको छ, भने एक क्षेत्रमा कांग्रेसले जीतेकोे छ । क्षेत्र नम्बर १, २ र ३ मा मधेशी गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
क्षेत्र नं. १ मा संघीय समाजवादी फोरम नेपालका डा.सुर्यनारायण यादव, २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नं.३ मा राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा कांग्रेस विजय भएको छ । कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित भए,यसअघि उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसबाटै विजयी भएका थिए, पुनः २४,११३ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी राजपाका मृगेन्द्रकुमार सिंह यादवले १४,८८६ मत ल्याए । प्रदेशसभा तर्फ सप्तरी क्षेत्र नं.१ को ‘क’मा एमालेका सत्यनारायण मण्डल निर्वाचित भएका छन् । एमालेका प्रदेश संयोजक सत्यनारायण मण्डल ११,३०२ मत ल्याएर विजय भए् ।
उनका निकटतम प्रतिद्वन्दी राजपाका राजकुमार लेखीले ९,२५२ मत पाए । क्षेत्र नं.१ को ‘ख’मा राजपाका नवलकिशोर साह १३,६४७ मत प्राप्त गरी विजयी भए, भने कांग्रेसका बद्री महात्मान यादव ६३३ मत ल्याई दोस्रो स्थानमा रहे ।
सप्तरी प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर २ को ‘क’मा मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्र साह १०,५७० मत ल्याएर विजय भए ।
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका सरोज मण्डलले ७,५९३ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर २ को ‘ख’मा राजपाका महासचिव मनिष सुमन प्रदेशसभामा ८,९३९ मत ल्याएर विजय भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वीमा वाम गठबन्धनका महेश यादव ४,९८६ मत ल्याएका छन् ।
प्रदेशसभा क्षेत्र क्षेत्र नं.३ को ‘क’मा कांग्रेसका उम्मेदवार मोहम्मद समीम ११,६२८ मत ल्याएर विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका दिनेश यादवले ९,९७९ मत प्राप्त गरे ।
प्रदेशसभा क्षेत्र नं.३ को ‘ख’मा राजपाका बिदेश्वर यादव निर्वाचित भएका छन् । १०,३२८ मत प्राप्त गरे,उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद यादवले ६,२१२ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा क्षेत्र नं. ४ को ‘क’मा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने १५,११३ मत ल्याई विजयी भए, निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिताराम साहले ११,३९५ मत पाएका छन् ।
प्रदेशसभा क्षेत्र नं.४ को ‘ख’मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव निर्वाचित भएका छन् । ९,६०५ मत प्राप्त गरी उनी निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेकानन्द झाले ७,३३६ मत प्राप्त गरेका छन् ।