काठमाडौं, मंसिर २५ । खानी तथा भूगर्भ विभागले सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको उचाई मापन गर्ने भएको छ ।
भूगर्भ विभागले आज राजधानीमा एक कार्यक्रम गरी २०७२ सालको वैशाखमा गएको भूकम्पका कारण सगरमाथालगायत अन्य शिखरको उचाई घटेको भन्ने समाचार आउन थालेपछि पुनः मापन गर्ने जनाएको हो ।
विभागले विभिन्न देशका खगोलविद्लाई बोलाएर उनीहरुको सुझाव लिने काम भइरहेको जनाएको छ ।
विभागका उपमहानिर्देशक निरज मानन्धरले हिमालहरुको उचाइ नाप्न चाँडै विज्ञ टोली परिचालन गरिने जानकारी दिए ।
चीन, भारतलगायत विभिन्न देशका संघसंस्थाले सगरमाथाको उचाईमा परिवर्तन आएको भन्दै फरक–फरक आँकडा प्रस्तुत गरेका छन् ।
विज्ञहरुले भने एउटै उचाई कायम हुने गरी शिखरहरुको मापन गरिनुपर्नेमा जोड दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline