आलेको हत्यामा संलग्न तीनजना पक्राउ

आलेको हत्यामा संलग्न तीनजना पक्राउ

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

तनहुँ, २४ मंसिर।

गत मंसिर २० गते राति जिल्लाको रिसिङ गाउँपालिका–६ चालिसे निवासी ६५ वर्षीय कृष्णबहादुर आलेको हत्यामा संलग्न तीन जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउमा पर्नेमा रिसिङ गापा–६ का २४ वर्षीय मदन आले, सोही स्थान निवासी ६० वर्षीय बिसन आले र २५ वर्षीय दानबहादुर आले रहेका छन् ।

सोही वडाको गोठादी भन्ने स्थानमा पूजाको निम्तो मान्न जाँदा रक्सीसहित खानेकुरा खाई घर फर्कने क्रममा गाउँमा भएको सामान्य विवाद झगडालाई रिसईवी साँधेर घटनास्थलको एकान्त स्थानमा आइपुगेपछि विवाद गरी हात मुक्का तथा पिपलको दाउराले टाउको अनुहारलगायत शरीरको अन्य भागमा कुटपिट गरेको पक्राउ परेकाले स्वीकारेका थिए ।

कर्तव्य गरी मारेको भन्ने खुल्न आएकाले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको तनहुँका प्रहरी प्रमुख उमेशराज जोशीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ