ग्याँस लिक भएर आगो लाग्दा जलेर १ महिलाको मृत्यु

ग्याँस लिक भएर आगो लाग्दा जलेर १ महिलाको मृत्यु

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

दाङ, २४ मंसिर । देउखुरीमा एक महिलाको जलेर मृत्यु भएको छ । राप्ती गाउँपालिका—३ मसुरियास्थित सुरेन्द्ररमण पुनको घरमा डेरा गरेर बस्ने ५० बर्षिय क्वारादेवी शाहीको जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हाे । खाना पकाएर ग्याँस राम्रोसँग बन्द नगरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । शनिवार राती करिब २:३० बजेको समयमा ग्याँस लिक भएर आगो लागि शाहीकाे मृत्यू भएकाे हुन सक्ने अनुमान प्रहरीले गरेकाे हाे । आगो लाग्दा कोठामा रहेका सबै सामान जलेर नष्ट हुँदा तीन लाख ५० हजार बढीको क्षति भएको प्रहरीले जनाएको छ । कोठामा लागेको आगो प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ४:३० बजे नियन्त्रणमा लिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ