विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडियो

विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडियो

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

म्याग्दी, २४ मंसिर ।
मुस्ताङको थासा गाउँपालिका– १ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।

हिउँदयाम सुरुवातसँगै नदीमा पानीको कमी भएपछि उत्पादन घट्न थालेको अवस्थामा केन्द्रीय प्रसारण लाइनमा १३ दशमलभ ६ मेगावाट विद्युत् थपिएको हो ।

गत भदौदेखि परीक्षण उत्पादन थालेकोमा परीक्षण उत्पादन सफल भएपछि केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका सुदिप खड्काले बताउनुभयो ।

म्याग्दीको नारच्याङस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सव स्टेशनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सव स्टेशन बनाएको छ ।

उक्त आयोजना धौलागिरि क्षेत्रमा हालसम्म सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो । पाँच वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार ८३३ मिटर सुरुङ रहेको छ । फोरवेबाट ७५० मिटर पाइपमार्फत पानीलाई टर्वाइनमा खसालिएको छ ।

बेनी–जोमसोम सडकको टुकुचे खण्डभन्दा करिब पाँचसय मिटरभित्र आयोजनाको विद्युत् गृह छ । आयोजना निर्माणस्थल विकट क्षेत्रमा अवस्थित छ । रु दुई अर्ब ५६ करोडको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिनुभयो ।

भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेको भन्दा रु १२ करोड लागत बढेको कम्पनीले जनाएको छ । आयोजनाले सर्वसाधारणका लागि रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निस्काशन गर्ने जनाएको छ ।

शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटससँग सम्झौता गरेको छ । थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिएकाले म्याग्दीमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।

मिलनचोक सव स्टेशनको क्षमताले माग धान्न नसकेर तथा पर्वत बागलुङ क्षेत्रमा प्रसारण लाइनमा खराबी आउँदा विद्युत् कटौती हुने समस्या अब समाधान भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी