नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले लगातार ६ पटक डडेलधुराबाट निर्वाचन जीते । भलै नेतृत्वमा आए पछि उनले पार्टीलाई जीताउन भने सकेनन् ।
उनी विरुद्ध २०६४ सालदेखि निरन्तर लड्दै आएका माओवादीका खगराज भट्ट भने लगातार देउवासगँ पराजीत हुदै आएका छन् ।
उनले पराजयमा ह्याट्रीक गरे । २०६४, २०७० र २०७४ मा उनले देउवासगँ जीतको स्वाद चाख्न सकेनन् ।
जति हार्दा पनि चुनाव उठ्न भने नछाडेका भट्टलाई देउवा विरुद्धको टक्कर चट्टानमा टाउको ठोकाउनु जस्तै बन्यो । जति गरे पनि आफै पछारीने । यस पटक बाम गठबन्धनको कारणले जीत्ने आशा गरे पनि उनी पाखा लागि छाडे ।
कांग्रेस सभापति समेत रहेका देउवाले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारे । प्रतिद्वन्द्वी भट्टले २१ हजार ११५ मत ल्याए । भट्टलाई देउवाले ६ हजार ९ सय २९ मतले पराजित गरेका हुन् । देउवा ०४८ साल यताका सबै निर्वाचनमा विजयी भएका छन् ।