गठबन्धका पहलकर्ता वरिष्ठ उपाध्यक्ष गौतमले हार्ने प्राय निश्चित भएको छ । ताजा परिणाममा गौतमले ३१ हजार ९ सय ४८ मत प्राप्त गर्दा नेपाली काँग्रेसका सञ्जयकुमार गौतम ३४ हजार ४ सय ४ मत प्राप्त गरिसकेका छन् ।
धेरै मत गणना भइसकेको र अब थोरै मतमात्रै गन्न बाँकी रहेको हुँदा गौतमले हार्ने सम्भावना बढेको हो ।
त्यसैगरी अर्का उपाध्यक्ष भीम रावलले पनि विगतका चुनावजस्तो ठूलो मतान्तर गर्न सकेका छैनन् । रावललाई नेपाली काँग्रेसका भरतकुमार स्वाँरले कडा टक्कर दिएका छन् । पछिल्लो परिणामअनुसार रावलले केही मतान्तर बढाएका छन् । तर जितमा ढुक्क हुने बेला नभएको बताइन्छ । रावलले ११ हजार ६ सय ३७ मत ल्याउँदा काँग्रेसका स्वाँरले ७ हजार ६ सय ४२ मत ल्याएका छन् ।
अछामकै क्षेत्र नम्बर २ मा भने झन कडा देखिएको छ । कतिखेर एमाले र कतिखेर काँग्रेले अग्रता लिइरहेका छन् । पछिल्लो परिणामअनुसार एमालेका
यज्ञबहादुर बोगटी ७ हजार ७ सय मत प्राप्त गरेका छन् भने काँग्रेसका पुष्पबहादुर शाहले ६ हजार ९ सय ९४ मतका साथ पछ्याइरहेका छन् ।