काठमाण्डौं ६ मा वाम गठबन्धनका उम्मेद्धार झक्कु प्रसाद सुवेदी लामो समय अग्रता लिएर अन्तिममा पराजीत भएका छन् ।
२०६४ सालमा एमालेका माधव कुमार नेपाललाई पराजीत गरेर झक्कुले चर्चा बटुलेका थिए । यस पटक दुवै पार्टी मिल्दा जीत निस्कने उनको अनुमान थियो । आज दिउसो सम्म पनि अग्रता थियो तर एकाएक परिणाम उल्टो निस्किए पछि उनका लागि चुनाव माछो माछो भ्यागुतो सावित भयो र परिणाम काग्रेसका रक्षा मन्त्री भीमसेन दास प्रधानको पक्षमा गयो । यो सगैं एमालेसगँ तालमेल भएको तीन वटै क्षेत्रमा माओवादी पराजीत भएको छ ।
रक्षामन्त्रीसमेत रहनुभएका प्रधान १६ हजार ७८५ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो । प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले विजयी हुनुभएको हो ।
सुवेदीले १५ हजार ४८५ मत प्राप्त गर्नुभयो । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले चार हजार २२५ मत पाउनुभएको छ ।
यो क्षेत्रमा कूल ५८ हजार १८६ मतदाता रहेकामा ४२ हजार ३९९ अर्थात् ७२.८६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । यसमध्ये ३९ हजार २६८ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।