वाम गठबन्धनका कार्यकताको कुटाइबाट चार प्रहरी घाइते

वाम गठबन्धनका कार्यकताको कुटाइबाट चार प्रहरी घाइते

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 

बझाङ, २३ मंसिर।

वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन् ।

गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ । शुक्रबार राति जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुडा गरेका थिए ।

ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु, लक्ष्मी भट्ट, तेजबहादुर चन्द र यज्ञराज जोशी घाइते भएको प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिनुभयो । धाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ढुंगामुडा गर्दा प्रहरीको गाडीमा समेत क्षति पुगेको छ । ढुंगा लाग्दा वडाप्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथको सञ्चार सेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक रामसिंह बाहोराले बताउनुभयो ।

तोडफोडमा संलग्न रहेको आशंकामा खप्तड छान्ना गाउँपालिका– १ का मुकुन्द थापा, थलारा गाउँपालिका– २ का रमेश खाती र भक्त खातीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको बोहराले जानकारी दिनुभयो ।

मतपरिणाम सार्वजनिक भएपछि बजारमा विजय उत्सव मनाइरहेका वाम गठबन्धनका कार्यकर्ताले सो आक्रमण गरेका बताइएको छ । वडा प्रहरी कार्यालयको टोलीले स्थिति नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षा टोली मगाउनुपरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ