विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्छ : राष्ट्रपति

विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्छ : राष्ट्रपति

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

 

काठमाडौँ, २३ मंसिर।

राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।

उनान्सत्तरिऔँ मानवअधिकार दिवस २०१७ तथा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलालाई आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले मानवअधिकार क्षेत्रका उपलब्धि हुँदा पनि मानवअधिकार उल्लङ्घन भएकाले त्यसको विशेष अध्ययन अनुसन्धान आवश्यक भएको बताउनुभयो ।

शुद्ध खानेपानी, स्वच्छ वातारण र खाद्य सुरक्षा हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले खाद्यान्नमा मिसावटले मानव स्वास्थ्यमा असर परेको बताउनुभयो । उहाँले संविधानले बहुदलीय लोकतान्त्रिक प्रणाली, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र तथा सक्षम न्यायपालिका, कानुनी राज्य तथा मानवअधिकार प्रत्याभूत गरेको बताउनुभयो ।

उहाँले संविधानमा नागरिक अधिकारमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरेकाले हिमाल, पहाड, तराई सबै क्षेत्रका जनताले सम्मानित भएर बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन दक्षिण एशियाकै उत्कृष्ट भएको बताउनुभयो ।

उत्कृष्ट संविधान हुँदैमा समाजका सबै तहका जनताको सम्बोधन नहुने भन्दै उहाँले संविधानको सफल कार्यान्वयन गरेर समाजमा रहेका कुण्ठा तथा विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मानवअधिकारवादी चाँदनी शाह, चरण प्रसाईं, गैरसरकारी संस्थाका अध्यक्ष गोपाल लम्साल र संकल्पका अध्यक्ष तथा आयोजक समितिका संयोजक लिली थापाले मानवअधिकारको रक्षामा सबैको ध्यानाकृष्ट गराउनुभयो ।

सो अवसरमा अपांगता अधिकारका क्षेत्रमा क्रियाशील रमा ढकाललाई ‘महिला मानवअधिकार वर्ष सम्मान २०७४’ले सम्मान गरियो । उहाँलाई रु १५ हजार राशिसहित सो सम्मान प्रदान गरिएको हो । एकल महिलाको अधिकारका क्षेत्रमा सक्रिय वेद अवस्थी र गोमा वस्याललाई संकल्प शान्ति संवाहक पुरस्कारस्वरुप जनही रु १२ हजार ५०० प्रदान गरिएको थियो । (

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ