ललितपुर, २३ मंसिर। प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी हुनुभएको छ ।
भुसाल २४ हजार ३६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाउनुभएको छ ।
भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी हुनुभएको हो । उहाँ यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी हुनुभएको थियो । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा हुनुभएको पहिलो महिला उम्मेदवार हुनुहुन्छ ।
भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ । तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा उहाँ तीन पटक मन्त्री भइसक्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline