राज्यका निकायको कार्यसम्पादनबाट मानवाधिकारको प्रत्याभूतिको आभास हुनेछःराष्ट्रपति

राज्यका निकायको कार्यसम्पादनबाट मानवाधिकारको प्रत्याभूतिको आभास हुनेछःराष्ट्रपति

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

 

काठमाडौँ, २३ मंसिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा शुभकामना सन्देश दिँदै मानवअधिकारको सिलसिलामा सदैव नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका विषयमा समेत मनन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चिता गरेको र मानवाधिकारको कार्यान्वयनका लागि विभिन्न निकायको व्यवस्था भएकामा आफूलाई खुशी लागेको उल्लेख गर्नुभएको छ ।
“ राज्यका निकायबाट हुने कार्यसम्पादनबाट मानवअधिकारको प्रत्याभूतिको आभास जनताले गर्नेछन् भन्ने मलाई लाग्छ”, सन्देशमा भनिएको छ । यस दिवसले मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न संलग्न हुने सबैलाई सफलता र प्रेरणा मिलोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ