समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धन गर्न आग्रह

समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धन गर्न आग्रह

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 

काठमाडौँ, २३ मंसिर   ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा स्वागत गर्दै नेपाली जनतामा बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले निर्वाचनपछिका अन्य प्रक्रिया र चरण पनि शान्तिपूर्ण रुपमा पूरा गर्न राजनीतिक दल सफल हुने आशा व्यक्त गर्नुभएको छ । नेपालको संविधानअनुसार संघीय संरचना कार्यान्वयनका निम्ति सम्पन्न निर्वाचन ऐतिहासिक क्षण हो भन्दै महासचिवले राजनीतिक दल, नेपाल सरकार तथा नागरिक समाजका अगुवालाई समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धन गर्न प्रोत्साहन गर्नुभएको छ ।

नेपाल सरकार, राजनीतिक दल तथा नागरिक समाजबाट समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धनमा हुने प्रयासमा राष्ट्र संघबाट साथ सहयोग र समर्थन रहने महासचिवको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ