२३ मंसिर,काठमाडौं । नेकपा एमाले लालबाबु पण्डित डीभी र पिआरधारी कर्मचारीविरुद्ध बोलेको धावाबाट चर्चामा आएका थिए । त्यसयता उनी सधै चर्चामा नै रहेका छन् । अहिले पुन मोरङ(६बाट नेपाली काँग्रेसका प्रभावशाली नेता डा।शेखर कोइरालालाई पराजित गरेर अर्को चर्चा कमाउन सफल भए ।
पण्डितले ३३ हजार ९४१ ल्याएर विजयी भएका हुन् । कोइरालाले ३३ हजार २६६ मत पाए । मतको हिसाब गर्ने हो भने त्यति अन्तर त होइन तर जित भनेको जित नै हो । कोइरालाको पराजयसँगै काँग्रेसलाई मोरङमा ठूलो धक्का लागेको छ ।
सामान्य प्रशासन मन्त्री हुँदा डीभी र पिअारधारी कर्मचारीविरुद्ध बोलेको धावाबाट चर्चामा अाएका पण्डित त्यसपछि लगातार चर्चामै छन् । अहिले फेरि वीपीपुत्रलाई पराजित गरेपछि नेपाली राजनीतिको केन्द्र भागमा पुगेका छन् ।
छोटो समयमा सामान्य प्रशासन मन्त्री भएका पण्डितले डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने कानूनी व्यवस्था गरेरै छाडे । उनलाई चौतर्फी धम्की पनि अाए तर अाफ्नो मिशनबाट पछी हटेनन् । त्यही उनको अडानले यो सफलता प्राप्त पाएका हुन् ।
पण्डितको जितसँगै फेरि सिंहदरवारमा सल्बलाएका डीभीपिअारधारीहरु फेरि अातंकित भएका छन् ।
यसैबीच ललितपुर क्षेत्र नं. ३ मा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल विजयी भएकी छन् । भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् ।
त्यसैगरी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता शेरबहादुर तामाङ विजयी भएका छन् । उनले ३८४०१ मत ल्याउर विजयी पाएका छन् । प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरले ३०३६९ मत मात्रै प्राप्त गरे । तामाङले पशुपति शमशेरलाई ७७३२ मतको अन्तरले हराएका हुन् ।
सिन्धुपाल्चोकका दुबै क्षेत्र निकै चासोका साथ हेरिएको थियो । सिन्धुपाल्चोक १ मा पनि वर्तमान सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई माओवादी नेता अग्नि सापकोटाले पराजित गरेका छन् ।