गगन थापाले फराकिलो अन्तरले मारे बाजी 

 गगन थापाले फराकिलो अन्तरले मारे बाजी 

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

२३ मंसिर काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् ।

केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् ।

थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाए । यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले ३ हजार ४० पाइन् .

त्यसैगरी लितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी भएकी छन् । उनले २४ हजार ३६ मत प्राप्त गर्दा नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरे ।

सुरुवाती रुझानदेखि नै अमात्यले अग्रता कायम गरे पनि माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुषालले शुक्रबार बेलुकीदेखि अग्रता हासिल गरेकी थिइन् ।

पार्टी विभाजनपछि केही समय उहाँ माओवादी वैद्य समूहमा लागे पनि पछि मूल पार्टी माओवादी केन्द्रमै फर्कनुभएको थियो । उहाँ माओवादी केन्द्रकी प्रवत्ता पनि हुनुहुन्छ । मदनबहादुर अमात्य भने २०७० सालमा ललितपुर ३ बाटै निर्वाचित भएका थिए ।

२०७० मा ३ वटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले यो पल्ट दुई क्षेत्र गुमाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ