मोरङको क्षेत्र नं ६ र ३ मा वाम गठबन्धन विजयी

मोरङको क्षेत्र नं ६ र ३ मा वाम गठबन्धन विजयी

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

विराटनगर, २३ मंसिर । मोरङका छमध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सोअनुरुप मोरङ–६ बाट नेकपा(एमाले)का लालबाबु पण्डित ३३ हजार ९४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा शेखर कोइरालाले ३३ हजार २६६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै मोरङ –३ बाट एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ