चुनाव सकिएसँगै देउवाको निर्देशन पनि समाप्त : पेट्रोलिय पदार्थको मूल्य बढ्यो , के मा कति बढ्यो ?

चुनाव सकिएसँगै देउवाको निर्देशन पनि समाप्त : पेट्रोलिय पदार्थको मूल्य बढ्यो , के मा कति बढ्यो ?

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

२२ मंसिर, काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

निगमको आज बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३र३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

गोइतका अनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७ र ७७ रुपैयाँ र हवाई इन्धन आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।

यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि तय गरिएको हो । पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

त्यस्तै, चारली, वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्ताले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसा मा खरिद गर्न पाउनेछन् ।

त्यस्तै, खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ ।

नयाँ मूल्य अनुसार निगमको मासिक घाटा अब ४० करोड रुपैयाँमा सीमित हुनेछ । हाल निगमको मासिक घाटा करीव एक अर्ब रुपैयाँ छ ।

नयाँ मूल्य अनुसार अब निगमलाई प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा १४ रुपैयाँ ३६ नाफा हुनेछ । त्यस्तै, मूल्य बढेपनि निगमले प्रतिलिटर डिजेलमा २ रुपैयाँ ७१ पैसा घाटा व्यहोर्नुपर्नेछ । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २२६ रुपैयाँ ७७ पैसा घाटा सहनुपर्नेछ ।

मूल्य बढाउँदा पनि नेपालमा कायम हुने मूल्य भारतको भन्दा डिजेलमा २३ रुपैयाँ ९९ पैसा र पेट्रोलमा १९ रुपैयाँ ४० पैसा सस्तो पर्नेछ ।

चुनावअघि पनि सरकारले इन्धनमा मूल्यवृद्धि गरेको थियो । तर, चुनावमा त्यसले मत प्रभावित हुने अवस्था आएपछि प्रधानमन्त्री शेरबहादुर देउबाको निर्देशमा मूल्यवृद्धि फिर्ता लिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी