निर्वाचन सफल पार्न जनताले निर्वाह गरेको भूमिका महत्वपूर्ण : समाज

निर्वाचन सफल पार्न जनताले निर्वाह गरेको भूमिका महत्वपूर्ण : समाज

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

 

काठमाडौँ, २२ मंसिर ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा ४५ जिल्लामा बिहीबार भएको निर्वाचनमा छिटफुट घटनाबाहेक उत्साहका साथ सफल भएको मानवअधिकार तथा शान्ति समाजले जनाएको छ ।

विस्फोटनका केही अपवादपूर्ण घटना र झडपबाहेक शान्तिपूर्णरुपमा निर्वाचन सफल भएको पर्यवेक्षणका क्रममा देखिएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहान चिसोका कारण पहाडी क्षेत्रका मतदान केन्द्रमा पातलो उपस्थिति देखिएकामा मध्याह्नपछि मतदाताको उपस्थिति बाक्लिएको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदनबाट देखिएको समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

“मतदाता परिचयपत्र नम्बर फेरिएकाले मतदान केन्द्रमा नाम खोज्न अलमल भएकाजस्ता घटना भविष्यमा दोहोरिन नदिन, मतदान केन्द्रलाई अझ व्यवस्थित तथा सबैका लागि पायक पर्ने स्थानमा राख्न र यसलाई अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री बनाउन निर्वाचन आयोगले ध्यान दिनुपर्ने देखिन्छ”– उहाँले भन्नुभयो ।

निर्वाचन बिथोल्ने नियतमा लोकतन्त्र विरोधी हिंसाको पक्षधर समूह, मधेशमा सलबलाइरहेको राष्ट्र विरोधी समूह र लोकतान्त्रिक गणतन्त्र विरोधी समूह सक्रिय रहेको समाजको धारणा छ । विस्फोटनका घटना गराउने समूह सक्रिय भए पनि ६७ प्रतिशतभन्दा बढी मतदान हुनु अभूतपूर्व रहेको शान्ति समाजको ठहर छ ।

निर्वाचनका बेला गृहमन्त्रालयको विभागीय मन्त्रीको जिम्मेवारी कसैलाई नतोकिनु, गृह मन्त्रालयको समेत जिम्मेवारी बहन गर्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला दिनमा काठमाडाँै बाहिर रहनुले हिंसात्मक समूहलाई हेर्नेबारेमा सरकार नै अन्योलमा देखिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनका समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिका भने सराहनीय भएको र निर्वाचन पूर्व तथा निर्वाचनका दिन विस्फोटनलगायत मतदाता तर्साउने नियतले गरिएका ध्वंसात्मक गतिविधिका बाबजुद पनि उत्साहजनक रुपमा सफलतापूर्वक दोस्रो चरणको निर्वाचन पनि सम्पन्न भएको जनाइएको छ ।

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई सफल तुल्याउन र लोकतन्त्रलाई जीवन पद्धतिको अंग बनाउन नेपालीले निर्वाह गरेको भूमिका असाधारण एवं अद्वितीय रहेको र निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोगले देखाएको तदारुकता पनि सराहनीय रहेको समाजको ठहर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ